आस्था /आध्यात्म

सुर्खेतको बीरेन्द्रनगरमा भव्य सत्संगको आयोजना

बिज्ञापन

सुर्खेत, १६ पुष । सुर्खेतको बीरेन्द्रनगरमा रहेको निरंकारी सत्संग भवन बाङ्गेसिमालमा गत ७ पुषमा भव्य सत्संगको आयोजना गरिएको छ ।

बिज्ञापन

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सहभागी सन्त–भक्तहरुलाई सम्बोधन गर्दै भन्नुभयो कि कबिर दासलाई जब भगवान रामको आदेश आयो कि तिमीले आफ्नो कर्तव्य पूरा ग¥यौं अब तिमी आफ्नो पाँच तत्वको शरीरलाई बिश्राम गरेर परमधाममा आउँ । भगवान रामको बचनलाई सुनेर कबिर दास जी रुन थाल्नुभयो । स्वर्गको जस्तो सुखमा रमाउभन्दा कबिर जी रुन थाल्नु भयो । उहाँले सन्तहरुको सत्संगको महत्वलाई सम्झाउँदै भन्नुभयो जुन सुख सन्तको सत्संगबाट प्राप्त हुन्छ त्यो सुख बैकुण्ठमा गएर पनि पाईदैन । यसरी सत्गुरु माता जीको कृपाले हामीलाई घरमै बसेर बैकुण्ठको सुख

मिलिरहेको छ । आज सत्गुरु प्रति पूर्णरुपमा समर्पित भएर गुणगान गाइरहेका छौ । काम, क्रोध, लोभ, मोह, अहंकारलाई त्यागेर सत्संगको आनन्द लिरहेका छौ, यो आनन्द केवल सन्तहरुको सत्संगमा मात्र पाईन्छ । धन–सम्पत्ति, पुत्र–परिवार नभएको कोहिपनि छैन, कसैसंग थोरै होला, कसैसंग धेरै होला तर सबैसंग छ, यद्यपि यो सन्त समागम, हरि कथा दुर्लभ छ । रामायणमा पनि उल्लेख गरिएको छ कि निलगिरी पर्वतमा पनि काग–मुसण्डीको सत्संग हुने गथ्र्यो र अठासी हजार ऋषिहरु त्यस सत्संगमा सहभागी हुने गर्थे । यो कुरा सुन्दा सायद हामीलाई यस युगमा विश्वास हुन न सक्ला ? हामीले कल्पना गरेका थियौं कि त्यस समयका ऋषिमुनिहरु भनेका जटालटा पालेका, दाह्ी पालेका साधु–सन्तहरुको सत्संग हुँदो होला र काग–मुसुण्डीको कुन रुप हुन्थ्यो होला । तर सत्गुरु माता जीको कृपाले आज हामीलाई सन्त महापुरुषको उपाधि दिनु भएको छ । यी सारा सन्त महापुरुषहरुको सत्संग हामी यस वर्तमान युगमा पाईरहेका छौ, आज हामी निकै भाग्यशाली छौ, उहाँले बताउनु भयो ।

सुख, शान्ति, अमन, चैन, सुकून आज सबैले आफ्नो जीवनमा चाहन्छ तर त्यो कसैसंग छैन तर जसले सत्गुरुको कृपाबाट ब्रम्हज्ञानलाई अंगालेको छ त्यो ब्यक्तिले सुख, शान्ति, सुकून आफ्नो जीवन पाएको छ । ब्रम्हज्ञानको माध्यमबाट नै हामी यिनीहरुलाई सही रुपमा अंगाल्न सक्छौ र सुकूनलाई प्राप्त गर्न सक्छौ । सुकून त्यसलाई प्राप्त हुन सक्छ जसले यस परमात्माको रुबरु साक्षात दर्शन गराएर यसलाई चिनाई दिन्छ । चर्म चक्षुलाई ज्ञान चक्षुमा परिवर्तन गराई दिन्छ । ब्रम्हज्ञान नलिनुभन्दा पहिले हामी मृगको जस्तै थियौं, जस्तै मृगले कस्तुरीलाई अनेकौं ठाउँमा खोजी रहेको हुन्छ तर त्यो कस्तुरी त्यसंग रहेको हुन्छ,

उसलाई थाह हुँदैन, त्यस्तै प्रकारले हामी सत्गुरुलाई नपउँदासम्म हामी अनेकांै बाटोहरुमा भौतारी रहेका थियौं जब सत्गुरु हाम्रो जीवनमा आयो तब हामीलाई थाह भयो कि निराकार त आफ्नै अंगसंगमा रहेछ । हाम्रो आँखामा मोतिया बिन्दु भएको थियो, हामीले सत्गुरुलाई देख्न सकेनौ तर आज सत्गुरुले त्यस मोतिया बिन्दुलाई निकालेर साक्षात परमात्माको दर्शन गराउनु भयो, जो हामी निकै भाग्यशाली हौं । हाम्रो चेतन सत्तालाई जागृती गराई दिनु भयो । सबै एउटै परमात्माका अंश हौ, यहाँ कोहि सानो, कोहि ठुलो, धनि, गरीब नभएर सबै बराबार छन् भन्ने भावको विकास हाम्रो ह्दयमा सत्गुरुले गराई दिनुभयो । कुनै शर्त लागू नगरेर यो अमूल्य ज्ञान प्रदान गर्नु भयो, उहाँले प्रष्ट पार्नु भयो ।

उहाँले अगाडि भन्नुभयो कि यदि हामी दुईटा डुंङ्गामा खुट्टा राख्छौ भने हामी नदी तर्न सक्दैनौ, हामी बीच बाटो मै डुब्न जान्छौ, त्यस्तै यो अमूल्य ज्ञानलाई जीवनमा नढालेर मनमा अनेकौं भ्रम–भ्रन्तिहरुलाई पाल्छौ भने हामी फेरि चौरासीको फेरोमा पर्न जान्छौ । कसैले हामीलाई धामी–झाक्री कहाँ गएर ठिक हुन्छ भन्दा हामी त्यतै दौडीन्छौ भने हाम्रो मनमा भ्रमले वास गर्न थाल्छ अनि हामी कसरी सुखी हुन सक्छौ । त्यस्तै

ज्ञानलिदा हामीले भनेका हुन्छौ कि तन, मन, धन सबै ईश्वरको हो तर ब्यवहारमा यसको आफ्नो हो भनेर अहंकार गर्छौभने हामी कहाँ सुखी हुन सक्छौ, त्यसैले यदि जीवनमा सुखी हुनु छ भने ज्ञानलाई पूर्ण रुपमा ढाल्नु पर्ने छ तब मात्र हामी सुखी जीवन बिताउन सक्ने छौ, उहाँले बताउनु भयो ।

अन्तमा उहाँले चैत्र ३ र ४ गते काठमाडौंमा हुन गइरहेको नेपालको निरंकारी सन्त समागममा कार्यक्रम तालिका, समागममा गाईने भक्ति गीत, प्रवचन कस्तो हुन पर्छ भन्ने विषयमाथि प्रकाश पार्नुभएको थियो भने सत्संगमा पुष्पा कोइराला, पुष्पा शर्मा, नन्दा रामजाली, कमला, ह्पेन्द्र, मिना घर्ति, अर्जुन, शुशीला, दिल बहादुर खड्का, जय बहादुर साउँद, मोती सिंह, छोकेन्द्र तारामी, ऋषिराम सापकोटा, भूपेन्द्र जी, सहबीर थापा, गल ब. खड्का, विकाश रावल, भिम ब. गुरुङ, जय बहादुर रावल, धर्मा खड्का, पार्वती पाण्डे, तेज बहादुर बोहरा, धनन्जय सिंह हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन देवराज रिमालले गर्नुभएको थियो ।
स्थलगत रिपोर्टिङ– तेज बहादुर बोहरा

बिज्ञापन