राष्ट्रिय समाचार

क्यानडा र सिंगापुर पठाइदिने भन्दै १० करोड ठग्ने लामा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई शङ्खमूलबाट पक्राउ गरेको हो ।

बिज्ञापन

महाराजगञ्जमा ‘सी स्टार ट्रेनिङ सेन्टर’ सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनले पीडित व्यक्तिबाट पाँच लाखदेखि १५ लाखसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको प्रवक्ता रेग्मीले बताए ।

प्रहरीले उक्त ट्रेनिङ सेन्टरबाट नौ सय ९७ थान राहदानी समेत बरामद गरेको छ । पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।