आस्था /आध्यात्म

नयाँ वर्षको अवसरमा सत्गुरुको आशीर्वाद प्राप्त गर्नको लागि उर्लिए श्रद्धालु भक्तहरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रेम मान्नुको व्यापार हो, मनाउनुको होइन– निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराज

दिल्ली, २ जनवरी । ‘प्रेम मान्नुको विषय हो मनाउनुको होइन, जब हामीलाई यो अनुभूति हुन जान्छ भने हामी अनेक प्रकारका बन्धनहरुबाट मुक्त भएर भक्ति मार्गमा अग्रसर हुन सक्छौ’ उक्त उद्गार निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजद्वारा नयाँ वर्षको पावन अवसरमा बुराडीको ग्राउण्ड नं. ८ मा आयोजित विशेष सत्संग समारोहमा उपस्थित हजारौं श्रद्धालुहरुलाई सम्बोधित गर्दै व्यक्त गर्नुभयो । वर्ष २०२४ को शुभ अवसरमा आयोजित यस सत्संगको लाभ प्राप्त गर्ने उद्देश्यले दिल्ली एवं एन.सी.आर. सहित अन्य स्थानबाट पनि हजारौंको संख्यामा भक्तहरु सहभागिता भएका थिए र सत्गुरुको दिव्य दर्शन एवं पावन प्रवचनबाट स्वयंलाई अभिभूत गरेका थिए ।

बिज्ञापन

उक्त अवसरमा निरंकारी राजपिता रमित जीले साध संगतलाई सम्बोधन गर्दै भन्नुभयो कि निरंकारमाथि हाम्रो आस्था र श्रद्धा हाम्रो निजी आध्यात्मिक अनुभवमाथि आधारित हुनु पर्दछ, न कि मात्र कसैको भनाईबाट प्रेरित भएर । सत्गुरुद्वारा प्राप्त ब्रम्हज्ञानको दृष्टिबाट परमात्माको अंग–संग दर्शन गर्दै भक्ति गर्नु उत्तम हो । सत्गुरुले सबैलाई ब्रम्हज्ञान प्रदान गरेर जीवन मुक्ति हुनुको मार्ग सजिलो गराई राख्नु भएको छ र हामीले आफ्नो अनुभव, आफ्नो सच्चा लगनबाट नै यसको प्राप्ति हुन सक्छ ।

सत्गुरु माता जीले नयाँ वर्षको अवसरमा आफ्नो पावन आशीर्वाद दिदै सम्झाउनु भयो कि प्रायः हामी आफ्नो व्यवहारिक जीवनको सीमित सिमामा संकीर्ण र भेदभाव पूर्ण व्यवहारलाई अपनाउने गर्छौ । यस प्रभावबाट माथि उठेर जब जीवन बाँच्न सकिन्छ तब हामी ब्रम्हज्ञानलाई आधार बनाएर सबैमा एक परमात्माको रुपलाई देख्छौ । हामीले आफ्नो सोचलाई विशाल बनाउँदै केवल प्रेमको भवबाट नै जीवनलाई जिउनु छ तब मात्र अहंकार भाव मनबाट समाप्त हुन सक्ने छ ।

अन्तमा सत्गुरु माता जीले नयाँ वर्षको अवसरमा सबैको लागि मंगल कामना गर्दै यही आशीर्वाद दिनुभयो कि यस नयाँ वर्षमा पनि हामी सबैको जीवन सेवा, सुमिरण र सत्संगबाट सजिरहोस ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।