घटना समाचार

जयशंकरमाथि गोली चलाउने वरिष्ठ हवल्दार जिल्ला तानिए

बिज्ञापन

काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

बिज्ञापन

आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि यादवलाई जिल्ला तानेर घटनाको छानबिन गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए । गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो । मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेव विक्रेता थिए ।

आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ । मृतक साहको शव तीन दिनदेखि घटनास्थलमै छ । परिवार तथा स्थानीयले माग पुरा नभएसम्म उनको शव नउठाउने अडान लिएका छन् ।

बिज्ञापन