राष्ट्रिय समाचार

अब जिल्ला प्रशासनबाटै नागरिकतामा उमेर र जात सच्याउन पाइने

बिज्ञापन

धनगढीः जिल्ला प्रशासन कार्यालयबाट उमेर नाम र जात सच्याउन पाइने भएको छ। उमेर, नाम र थर सच्याउन पाइने भएपछि नागरिकता र प्रमाणपत्रमा व्यक्तिको एकै किसिमको विवरण हुने भएको छ।

बिज्ञापन

कतिपयको नागरिकता र प्रमाणपत्र फरकफरक उमेर, नाम र थर हुँदा भोग्नुपरेको समस्या हल हुने भएको छ। नागरिकता र प्रमाणपत्र फरक परेको उमेर, नाम र थर सच्याउन प्रमाणपत्र पाएको मितिले पाँच वर्षभित्र निवेदन दिनुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ अनुसार नागरिकता र प्रमाणपत्रमा फरकफरक जन्म मिति, नाम वा जात भएकाहरूले जन्म मिति, नाम र जात सच्याउन पाइने भएको हो। कुनै पनि व्यक्तिले हासिल गरेको शैक्षिक प्रमाणपत्र र नागरिकतामा उमेर नाम र जात सच्याउन चाहेमा प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनुपर्नेछ।

बिज्ञापन