राजनीति

गृहमन्त्रीमा गगन थापाको चर्चा, राष्ट्रिय सभा अध्यक्ष कृष्ण सिटौलालाई बनाउने सहमति!

बिज्ञापन

काठमाडौं– राष्ट्रिय सभाको रिक्त १९ सदस्यको निर्वाचनपछि सरकारका मन्त्रीको जिम्मेवारी समेत हेरफेरको तयारी भएको छ। 

बिज्ञापन

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन छ। निर्वाचन सकिनासाथ सरकारका मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने छ। सरकारमा गृह मन्त्रालय नेपाली कांग्रेसलाई दिने र अर्थ मन्त्रालय माओवादीले लिने तयारी भएको बताइन्छ। 

गृहमन्त्रीमा कांग्रेस महामन्त्री गगनकुमार थापाको नाम चर्चामा छ। यद्यपि थापाले उक्त जिम्मेवारी लिन्छन् या लिँदैनन् भन्नेचाहिँ यकिन भइसकेको छैन।

थापा संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका कारण सरकारमा जाने मुडमा छैनन्। यद्यपि, उनलाई गृहमन्त्रीका लागि प्रस्ताव गरिएको छ। 

यता, राष्ट्रिय सभामा निर्वाचित भएर आएपछि कांग्रेस नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउने शीर्ष नेताबीच सहमति बनेको बताइएको छ। कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले यस्तो बताएका हुन्।

बाँकी १ बर्षको अवधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निरन्रता दिने सहमतिअनुसार नै राष्ट्रिय सभाको नेतृत्व र गृह मन्त्रालय कांग्रेसलाई जिम्मा लगाइने भएको हो।

यसअघि सिटौला सरकारको नेतृत्व गरी जाने चर्चा थियो। ‘गृह मन्त्रालय कांग्रेसले लिने भन्ने सहमति भएको छ। यस्तै राष्ट्रिय सभा अध्यक्ष पनि लिने हो। तर, को कहाँ जाने भन्ने विषयमा अहिलेसम्म पनि यकिन निधो भैसकेको छैन, चुनावको परिणामपछि थाहा हुन्छ’, कांग्रेस उच्च स्रोतले भन्यो।

बिज्ञापन