घटना समाचार

दाङ दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचार गर्न निर्देशन

बिज्ञापन

दाङ । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएकी छन् ।

बिज्ञापन

मन्त्री शर्माले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको संचार मन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको थियो भने २३ जना घाइते भएका छन् ।

बिज्ञापन