राजनीति

नाउपाको उपाध्यक्षमा भएन सहमति, निर्वाचन हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलालीको टिकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन अहिलेसम्म टुङ्गिएको छैन । अध्यक्षसहित २७ पदाधिकारी र २४५ सदस्य निर्विरोध निर्वाचित भएपनि उपाध्यक्ष पदमा भने सहमति नभएपछि निर्वाचन गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीले जानकारी दिए ।

उनले भने, ‘सबै टुङ्गियो २ उपाध्यक्षका कारण निर्वाचन हुने भयो । हामी मतदानको तयारी गर्दै छौँ ।’ एक प्रदेश एक उपाध्यक्षको व्यवस्था गरेको नाउपाले ५ प्रदेशको उपाध्यक्ष सर्वसम्मत टुङ्गो लगाएको हो । तर, बागमती र लुम्बिनीमा समस्या देखियो ।

बिज्ञापन

बागमतीको एक पदका तीन जनाको उम्मेदवारी छ भने लुम्बिनी प्रदेशको उपाध्यक्षमा उम्मेदवारी नै परेको थिएन । बागमतीमा मतदान गरेर टुङ्गो लगाउने र लुम्बिनीको उपाध्यक्षका लागि फेरी उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत बुढाथोकीले जानकारी दिए ।

त्यस अघि महासचिवमा पनि सहमति भएको थिए । एक पदको महासचिवमा ठाकुर सिंह थारु, गङ्गा चौधरी र धर्म बहादुर चौधरीले पनि दाबी गरे पनि महासचिव पदमा पनि सहमति हुन सकेको थिए । मध्यरातमा विधान संशोधन गरेर एक पदको महासचिवलाई २ पद बनाउने निर्णय गरिएको छ । त्यो सँगै ठाकुरसिंह थारु र गङ्गाप्रसाद चौधरी महासचिवका निर्वाचित भएको घोषणा मध्यरातमा गरियो ।

महाधिवेशनले अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीसहित सह महासचिव, सचिव र सहसचिव पदमा पनि निर्विरोध भएका थिए । २४५ केन्द्रीय सदस्य तथा सर्वसम्मत भएका २७ पदाधिकारीलाई हिजो राति नै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिसकिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।