दाङ दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचार गर्न निर्देशन

दाङ । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएकी छन् ।
मन्त्री शर्माले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको संचार मन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको थियो भने २३ जना घाइते भएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
