मर्यादित महिनावारी अभियानमा डेउडा गायिका

धनगढीः सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिलाहरूले महिनावारी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायमै छ।
त्यसैले, महिनावारी भएका नारीलाई घरभन्दा केही पर बनाइएका झुपडी (छाउघर) मा बस्न लगाइन्छ। महिनावारीमा महिलालाई कसैले छुन नहुने र घर परिवारदेखि अलग्गै बस्नुपर्ने परम्परा नै छ। लामो समयदेखि चलिआएको यस्तो परम्परा अन्य जिल्लामा पनि कायम छ। कञ्चनपुर घर भएकी देउडा गायिका रेखा जोशी सुरुमा मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी सुदूरपश्चिम सद्भावना दूत थिइन्।

हाल उनी महिनावारी स्वच्छता व्यवस्थापन राष्ट्रिय सद्भावना दूत छन्। उनलाई सुरुमा यो अभियानमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले २०२२ बाट ५ महिनाका लागि जोडेको थियो। अहिले राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालले जोडेको छ। रेखा महिनावारीमा गरिने विभेद हटाउन सुदूरपश्चिमसँगै कर्णाली र देशका विभिन्न जिल्ला पुग्ने गरेकी छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
