घटना समाचार

इनारभित्र खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार

बिज्ञापन

काठमाडौं- ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ ।

बिज्ञापन

दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको  ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए ।

बिज्ञापन