घटना समाचार

धनुषामा मृत भेटिए श्रीमान्, श्रीमती घाइते

बिज्ञापन

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ स्थित सडक छेउमा एक पुरुष मृत भेटिएका छन् । भने, उनकी पत्नी घाइते अवस्थामा अस्पताल भर्ना भएकी छन् ‌।

बिज्ञापन

मृतक पुरुष महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी रहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जनवाले जानकारी दिए । उनका अनुसार राधेकी श्रीमती अस्मिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

केही दिनअगाडि मात्रै अस्मितासँग प्रेम विवाह गरेका उनी महेन्द्रनगरमा डेरा (कोठा) भाडामा लिएर बस्दै आएका थिए । ससुराली पकडियाबाट आइतबार साँझ श्रीमती र अन्य दुई साथीसँग डेरा हिँडेका उनी मृत मृत भेटिएका हुन् ।

डीएसपी अवाका अनुसार घटनास्थलमा मोटरसाइकलका टुक्रा भेटिएको छ । प्रहरीले दुर्घटनाको आशंका गरेपनि त्यहाँ कुनै गाडी फेला नपरेको बताइएको छ । धेको ढाडमा चोट छ ।

उपचारमा रहेकी अस्मितालाई भेटेपछि मात्र घटनाको यथार्थ थाहा हुने डीएसपी रञ्जनवाको भनाइ छ ।

राधेसंगै रहेका उनका दुई साथी भने प्रहरीको सम्पर्कमा आएका छैन् । उनीहरूलाई पनि प्रहरीले खोजी गरिरहेको छ । मुचुल्का उठाएर शवको पोष्टमार्टकमा लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउन लागिएको छ ।

बिज्ञापन