डडेल्धुरामा बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ
लोक कल्याणकारी विज्ञापन

डडेल्धुरा: डडेल्धुरामा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन्। घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन।
तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतवार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए। उपचारमा संलग्न चिकित्सकले बालिकामाथि करणी भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
