घटना समाचार

कपिलवस्तु बस दुर्घटना : मृतक १० मध्ये ६ जनाको सनाखत 

बिज्ञापन

कपिलवस्तु । गएराति १० जनाको ज्यान जानेगरी कपिलवस्तुमा भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा–१ सुरही पुलनजिकै बुधबार राति भएको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

बिज्ञापन

मृत्यु भएकामध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको हो ।

त्यस्तै, भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको पनि सनाखत भएको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ ।

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब दुईसय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो । पाँच जनाको स्थानीय आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सामान्य उपचारपछि घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

घाइतेमध्ये १० जनाको कपिलवस्तुकै सन्जिवनी अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये गम्भिर अवस्थाकालाई अन्यत्र रिफर गर्ने प्रक्रिया भइरहेको उनले बताए ।

घाइते हुनेहरुको सबैको पहिचान खुलेको छ । दुर्घटनामा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोकबहादुर कार्की, बस चालक कन्चनपुर भिमदत्त नगरपालिका ४ वस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका– १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका–२ का वर्ष २३ का सुशील कुँवर र गुल्मी मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्की रहेका छन् ।

त्यस्तै, कन्चनपुर भिमद्त्त नगरपालिका–१८ वस्ने वर्ष २८ का सन्तोष चौधरी, सहचालक कन्चनपुर भिमदत्त नगरपालिका–१८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका–१ बस्ने बर्ष २२ को राजेश दयाल, कन्चनपुर भिमदत्त नगरपालिका–१ बस्ने बर्ष १८ को नितेश सुनार घाइते भएका छन् ।

त्यसैगरी, गोरखा शहिद लखन गाउँपालिका–७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१४ वस्ने वर्ष ३३ की गीता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठ्माण्डौ माहानगर पालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार घाइते छन् ।

यस्तै, कन्चनपुर भिमदत्त नगरपालिका–१६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नगरपालिका–१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त नगरपालिका–१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य र उनकी छोरी वर्ष ३ कि सृष्टि काफ्ले घाइते छन् ।

यस्तै, अन्य घाइते हुनेहरुमा भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नगरपालिका १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१ वस्ने वर्ष २० को मनोज सिंह धामी, सोही ठाउँ बस्ने वर्ष २० का अशोक सिंह र कन्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने वर्ष ३६ का ज्ञानेन्द्र पाल रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन