घटना

ससुराली जान कपडामा आइरन गर्दा युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रौतहट ।  रौतहटको राजदेवी नगरपालिकामा कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।

राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए ।

बिज्ञापन

लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् । 

मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ठाकुर परिवारको एकमात्र छोरा थिए । उनको नौ महिनाअघि मात्र विवाह भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।