घटना समाचार

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

बिज्ञापन

सर्लाही, फागुन ५ गते । सर्लाहीको बरहथवा नगरपालिका –९, मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ । 

बिज्ञापन

बरहथवाबाट आलु लोडगरी पूर्व–पश्चिम अन्तर्गत नयाँरोडतर्फ आउँदैगरेको ना २ त ७५२५ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालक बाराको पचरौता नगरपालिका –५, बस्ने ५० वर्षीय भुवन महतोको मृत्यु भएको हो । 

सडकमा हिँडेका यात्रीले ट्याक्टर पल्टिएको देखेपछि प्रहरीमा खबर गरेका थिए । तत्काल इलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी टोलीले चालक महतोलाई उद्धार गरी ह्याप्पी अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ । दुर्घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

बिज्ञापन