अर्थ

सात महिनामा नेपाल भित्रियाे १७ अर्ब ३८ करोड रुपैयाँ बराबरकाे ‘स्मार्ट फोन’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा १७ अर्ब ३८ लाखभन्दा बढीकाे करिब साढे ११ लाख सेट स्मार्टफोन नेपाल भित्रिएको छ ।

माघ मसान्तसम्म १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरकाे ११ लाख २६ हजार ६९१ सेट स्मार्ट फोन नेपाल भित्रिएको भन्सर विभागले जनाएकाे हो ।

बिज्ञापन

सरकारले सात महिनामा स्मार्टफोनबाट ३ अर्ब २३ करोड ५७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा चीनबाट मात्रै २ अर्ब २१ करोड १२ लाख ८२ हजार रुपैयाँ राजस्व उठाएको छ ।

नेपालमा सबैभन्दा बढी स्मार्टफोनको आयातकर्ता चीन हो । चालू आर्थिक वर्षमा चीनबाट ८ लाख १४ हजार ८७० सेट स्मार्ट फोन नेपाल भित्रिएकाे छ । भारतबाट भने ३ लाख ८ हजार ४५२ सेट स्मार्टफोन भित्रिएकाे छ ।

नेपालमा संयुक्त राज्य अमेरिका, भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, कतार, कुवेत, साउदी अरेबिया, बेलायत, मलेसिया, सिङ्गापुर, क्यानडा, फिनल्याण्ड, हङकङ, रोमानिया, बहराइन, नेदरल्याण्ड्स, फ्रान्सबाट पनि स्मार्ट फाेन आयात हुने गरेकाे छ ।

त्यस्तै ओमान, साइप्रस, डेनमार्क, जर्मनी, माल्टा, इराक, इजरायल, पोल्याण्ड, बेल्जियम, जोर्डन, माल्दिभ्स, न्युजिल्याण्ड, भानुअतु, कम्बोडिया, ग्रीस, नर्वे, पोर्चुगल, स्पेन, स्वाजिल्याण्ड, स्विट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, अफगानिस्तान, क्रोएसिया, आयरल्याण्ड, इटाली, सेशेल्स, स्लोभेनिया, श्रीलंका, स्वीडेन, ताइवान, ट्युनिसिया र संयुक्त गणतन्त्र तान्जानिया गरी ५४ राष्ट्रबाट स्मार्टफोन आयात हुने गरेकाे विभागले जनाएकाे छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।