राष्ट्रिय समाचार

रुसी सेनामा भर्ति नहुन प्रधानसेनापतिको आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली युवाहरुलाई रुसी सेनामा भर्ति हुन नजान आग्रह गरेका छन् । शनिबार पूर्वी नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित १८औं ब्याच सिनियर डिभिजन एनसिसी तालिमको चौथो चरणको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

युवाहरुले नेपालमै केही गर्ने सोच बनाउनुपर्नेमा प्रधानसेनापति शर्माको जोड थियो । उनले भने, ‘विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला । रुसमा के भईरहेको छ भन्ने कुरा हामीले बुझेका छौं । त्यस्ता क्रियाकलापमा नलाग्न विशेष आग्रह गर्न चाहान्छु ।’ उनले युवाहरुलाई सकारात्मक सोच लिई आफ्नो लक्ष्य प्राप्तिका लागि कर्म गरिरहन सल्लाहा दिए ।

बिज्ञापन

यसैबीच कैलाली, कञ्चनपुर, बर्दिया, दाङ्ग, नवलपरासी लगायत १६ जिल्लाका ११ र १२ कक्षामा अध्ययनरत ५ सय ६६ विद्यार्थीलाई एनसीसीको १८औं सिनियर डिभिजनबाट शनिबार दिक्षित गरिएको छ । एक सय दिनको तालिम लिएर दिक्षित भएका विद्यार्थीहरुलाई प्रधानसेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा नवलपुरका सुरक्षा निकायका प्रमुख, पूर्व सुरक्षाकर्मीहरु, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतको सहभागिता रहेको थियो । दीक्षित विद्यार्थीहरुले कार्यक्रममा ‘मार्च’ गर्नुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।