Sudur Pradesh Newsघटना समाचार

८४ जना गुरु हरुले हवन गरिएको समयमा पानी परिरहेको थियो आगलागी भयोवैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञ कुण्डमा आगलागी

बिज्ञापन

अछाम जिल्लाको साफेबगर नगरपालिकामा रहेको वैद्यनाथ धाममा जारी कोटिहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ।

बिज्ञापन

फागुन १० गतेदेखी सुरु भएको कोटिीम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो।

शनिबार दिउँसो करिब १ बजे र ३० मिनेट जादा हवन कुण्डमा आगलागी भएको हवनमा क्षेत्रमा उपस्थितहरुले बताए ।
हवन कुण्डमा आगलागी भएको २९ सेकेन्डको भिडियो लगायत केही दृश्यहरु सामाजिक संजालमा सार्वजनिक भएका छन्।

१४४ वर्षमा एक पटक लाग्ने कोटिहोम महायज्ञको हवन कुण्डमा आगलागी कसरी भएको हो भन्ने विषयमा हामीले जिल्ला प्रहरी कार्यलय अछाम लाई बुझ्दा बिस्तृत रिपोर्ट न आएको आगलागी भएको खबर मात्रै आएको बताएको छ।

भने आगलागीको प्रारम्भिक कारण पत्ता नलागेपनि ८४ जना गुरु हरुले हवन गरिएको अवस्थामा सहभागी भएको र आगामी भएको समयमै पानी परिरहेको थियो भनी टीकापुर बाट साफे पुगेका देवीलाल जोशीले मालिका समाचार लाई जानकारी दिए

आगलागी बारे थप विवरण आउन बाँकी रहेको छ। फागुन १० गते देखि सुरु भएको कोटिहोम फागुन २५ गतेसम्म संचालन हुने छ भनेनन् देशको विभिन्न ठाउँ तथा भारतबाट समेत संत महन्त पिठाधिस भक्तजन हरु उपस्थित रहेको जनाइएको छ।

बिज्ञापन