राष्ट्रिय समाचार

माओवादी काङ्ग्रेस गठबन्धन भत्किएपछि एमाले-माओवादी -रा.स्व.पा -जसपा सहितको नयाँ गठबन्धन बन्ने पक्का

बिज्ञापन

काठमाडौ ,नेपाली काङ्ग्रेसको हालै सम्पन्न महासमितिको बैठक पछि आगो भएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनको तयारीमा देखिएका छ्न ।

बिज्ञापन

बालक्टमा ओलि संग भेट गरेर नयाँ सत्ता गठबन्धनमा चार उपप्रधानमन्त्री हुने भएका छन् । चार उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने जिम्मा ओलीलाई दिएको र बर्षमान पुन लाई उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री दिने सम्भावना बढेको छ।

नयाँ गठबन्धनको सरकारमा चार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक-एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हो ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलो पटक उपप्रधानमन्त्री हुने पक्का भएको छ । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पुन यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् ।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन् । उनी यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए । रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ । उनले गृह मन्त्रालय मागेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।

गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल उदृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘गृह मन्त्रालय तपाईंहरू (एमाले) को भागमा हो । तपाईं आफै राख्नु हु्न्छ अथवा रास्वपालाई दिनुहुन्छ । त्यसको निर्णय तपाईं आफै गर्नुहोस् ।’

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने बलियो सम्भावना छ । तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन । गत वर्ष पुस १० गते दाहालकै नेतृत्वमा सरकार बन्दा पौडेल अर्थ र लामिछाने गृहमन्त्री भएका थिए ।

शक्ति बाँडफाडबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक बसिरहेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुने जानकारी दिएका छन् । नयाँ गठबनधनमा प्रतिनिधिसभामा एमालेको ७८, माओवादी ३२, रास्वपा २१, जसपाका १२ जना सांसद छन् । जनमत पार्टीलाई पनि सरकारमा ल्याउने तयारी छ । एमाले रास्वपा सरकारमा जाँदा कांग्रेस एकीकृत समाजवादी भने बाहिरिने भएका छन् ।

बिज्ञापन