आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालद्वारा रक्तदान शिविरको आयोजना

बिज्ञापन

काठमाडौं, २६ फाल्गुन । सन्त निरंकारी मण्डल नेपालद्वारा रक्तदान शिविरको आयोजना गरिएको छ ।
नेपालमा आयोजना हुन गइरहेको २३औं निरंकारी सन्त समागामको एक हप्ता पूर्व भक्तपुुरको सल्लाघारी मैदानमा आयोजना गरिएको उक्त शिविरमा १२७ जना सन्त महापुरुषहरुले रक्तदान गरेका छन् ।

बिज्ञापन

शिविरको उद्घाटन गर्दै सन्त निरंकारी मण्डल केन्द्रीय कार्यलय दिल्लीबाट आउनु भएका विदेश विभाग प्रभारी तथा सेवादल मेम्बर इंचार्ज विनोद वोहराले भन्नुभयो कि सन्त निरंकारी मिशनले विश्वमा रक्तदान निःस्वार्थ भावले गर्दै आएको बताउनु भयो । उहाँले जब हामीलाई सत्गुरुको कृपाबाट ब्रम्हज्ञानको अनमोल हिरा हाम्रो जीवनमा आउँछ तब हामीमा सबैलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएर सम्पूर्ण जगत एक परिवार भएको आभास हुन थाल्छ । विश्ववन्धुत्वको भावनाबाट जागृत भएर एकतत्वको भवना उत्पन्न भएर सबैलाई हेर्ने दृष्टिकोण एउटै हुन जान्छ । जुनसुकै व्यक्तिको दुःखलाई आफ्नै दुःख सम्झेर उसलाई सहयोग गर्ने भावना उत्पन्न हुन थाल्छ । त्यसै भावनालाई साकार गर्न सन्त निरंकारी मिशनले आज विश्वमा रक्तदान गर्दै आएको बताउनु भयो ।

उहाँले सत्गुरु माता सुदीक्षा जी महाराजको उद्गारलाई प्रष्ट पार्दै अगाडि भन्नुभयो आज संसारमा मानव एक–अर्काको रगत बगाउन तयार छ तर सन्त निरंकारी मिशनले रगत बगाए पनि नालीमा नबगाएर नाडीमा बगाउनु पर्छ भन्ने सन्देशलाई उजागर गर्दै आजसम्म करिब १३ लाख यूनिट रगत संकलन गरिसकेको बताउनुभयो ।

यदि हामी कसैलाई कुनै चीज निःस्वार्थ भावले दिन्छौ भने त्यहाँ हामी भक्तको श्रेणीमा आउँछौ । त्यहाँ कुनै लोभ–लालचको भावना हामीमा जागृत हुँदैन । यदि हामी कसैलाई कुनै चीज दिन्छौ र त्यहाँ त्यसको सट्टा केहि माग्ने ईच्छा राख्छौ भने त्यो सेवाको श्रेणीमा आउन सक्दैन । सन्तहरु जहिले पनि कुनै चीज दिन्छन् भने त्यहाँ त्यसको सट्टामा अरु कुनै चीज पाउने चाहना राख्दैनन्, त्यस भावलाई सेवा भनिन्छ । आज निरंकारी मिशनमा यस भावबाट उत्प्रेरित भएर प्रत्येक समय रक्दान गदै आएको बताउनु भयो ।

रक्तदान शिविरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकार िमिशनले आध्यात्मिक गतिविधिको साथै सामाजिक गतिविधि गर्दै आइरहेको बताउनु भयो । उहाँले आज सन्त निरंकारी मिशन विश्वमा रक्तदान गर्ने संस्थामा पहिलो पंक्तिमा पर्न सफल भएको स्पष्ट गर्नुभयो । साथै सबै नेपालीहरुलाई यहि चैत्र ३ र ४ गते हुन गईरहेको बृहत सत्ुसंग कार्यक्रममा सहभागि हुन आव्हान गर्नु भयो ।

भक्तपुरमा आयोजना गरिएको उक्त शिविरमा नेपालका विभिन्न जिल्लाहरुबाट आएका सन्त–भक्तहरुले रक्तदान गरेका थिए । सबै सन्तहरु रक्तदान गर्न आतुर रहेको उक्त कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले गर्नु भएको थियो ।

बिज्ञापन