आस्था /आध्यात्म

सुर्खेतको बीरेन्द्रनगरमा भव्य सत्संगको आयोजना

बिज्ञापन

–तेज बहादुर बोहरा
सुर्खेत, २४ चैत्र । बीरेन्द्रनगर स्थित सन्त निरंकारी सत्संग भवनमा भव्य सत्संगको आयोजना गरिएको छ

बिज्ञापन

भारतको ऋषिकेशबाट टीकापुरमा ज्ञान प्रचारक, मुखी, स्टेज डियूटी सेवा, उद्घोषक÷उद्घोषिकाहरुलाई एक दिन ब्रम्हज्ञान सम्बन्धि तालिम दिन टीकापुर आईपुग्नु भएका प्रशिक्षक धर्मेन्द्र पयालले सन्त निरंकारी सत्संग भवन बीरेन्द्रनगर, सुर्खेतमा सहभागी भएका सन्तहरुलाई सम्बोधित गर्दै भन्नुभयो कि आजको समयमा करोडौ रुपैयाँ खर्च गरेर मानवले आफूसंग प्रेम गरुन चहान्छ, करोडौं रुपैयाँ खर्च गरेर जोकोहि चाहन्छ कि ममा भएका विकार, नराम्रा कार्यहरु समाप्त हुन सकुन तर करोडौं रुपैयाँ खर्च गरेर महात्माहरु भन्छन् कि शान्तिले हाम्रो घरमा वास गरोस, सुकून–आनन्द हाम्रो घरभित्र आउन सकोस । गुरुले भन्नु हुन्छ कि तिमी मनले सत्संग गर तिम्रो जीवनमा कहिल्यै प्रेमको अभाव हुने छैन । तिमी मनले सेवा गर तिमी भित्र रहेको नकारात्मक चीज समाप्त भएर जाने छ । तिमीले मनले सुमिरण गर तिम्रो जीवनमा शान्ति र सुकूनको कहिल्यै अभाव हुने छैन । यो नै गुरुको मिशन हो । यहि कुरा आज सन्त निरंकारी मिशनले संसारका मानवहरुलाई भनिरहेको छ । त्यसैले आशीर्वाद लिनको लागि सत्गुरु माता जीले हामीलाई नेपालमा पठाउनु भएको हो र जतिपनि कुराहरु हामीले यहाँ आएर ग¥यौ त्यो गुरुको सिद्धान्त हो । गुरुको सिद्धान्तलाई यदि मान्ने छौ भने प्रत्येक महात्मा घरबाट हिडेर सत्संगमा आउँछन् भने ती महात्माको पछाडि ४÷५ महापुरुषहरु पनि आउने छन् । तब तपाईको जीवन प्रेमवालो हुन जाने छ । प्रत्येक आमा–बुवा कुशल–अनुशासित बच्चा चहान्छ, सबैले यस्तै बच्चा चहान्छन् । यदि प्रेम पूर्वक श्रीमान–श्रीमती बाटोमा हिडि रहेका छन् भने अरुले पनि यही चहान्छन् कि हे भगवान ! यस्तो जोडी सबैलाई दिनु होला । यस्तै कुनै घरका सदस्यहरु मानवीय कर्मलाई आफ्नो जीवनमा अंगाली रहेका छन् भने सबैले यस्तै घरपरिवार चहान्छन् । यसरी हामी सबैसंग प्रेम गर्ने छौभने संसार हाम्रो पछाडि हिड्न शुरु गर्ने छन्, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नु भयो कि जुन सेवादल वर्दी हामीहरु लगाउने गर्दछौ, त्यो वर्दी त्यसै मिलेको होइन, यो वर्दी राजमाता जीले हामीलाई दिनु भएको हो । यस वर्दीलाई लगाएर सच्चा सेवा निभाउनु पर्दछ । सत्गुरु माता जीले हामीलाई तीन कार्य गर्नको लागि भन्नु भएको छ । ती हुन– सत्संग, सेवा, सिमरण । सत्संगमा पास हुनुको अर्थ यो हो कि कपालको रौंदेखि खुट्टाका नङसम्म रोम–रोमबाट प्रेम गर्न आउन सकोस, यो सत्संगको परिभाषा हो । यदि रोम–रोममा गर्न प्रेम आउँदैन भने हामीले २० वर्षसम्म पनि सत्संग गरेको कुनै फाईदा हुने छैन । सत्यको संगत अर्थात भगवानको संगत गरेर पनि हामीलाई प्रेम गर्न आउदैन भने हामीले सत्संग गरेको कुनै लाभकारी हुँदैन । यदि जसले सबैसंग प्रेम गर्न थाल्छ भने त्यो गुरुको सत्संगमा पास छ । यदि नफरत गर्न आउँछ भने त्यो विषयमा बारबार फेल हुँदै रहने छ । सेवाको अर्थ जसले आफ्नो गलत कार्यको त्याग गरेको होस । सेवा गर्दा–गर्दा यदि हामीले आफूभित्र रहेको नकारात्मक कार्यलाई त्याग गर्ने छौ भने हामी सेवा रुपी विषयमा पास हुने छौ । यदि आफूभित्र रहेको नकारात्मक कार्यलाई हामी त्याग्ने छौ भने सेवा गर्दा निकै आनन्द आउने छ । यदि कसैलाई गर्मीमा खाना पकाउने भान्छा घरमा सेवा लागेको छ वा ट्वाईलेटमा सफाई गर्ने सेवा लागेको छ भने यदि हामीले आफूभित्र रहेको खराब चीजलाई त्यागेका छैनौ भने त्यो सेवा कहाँ निभाउन सक्छौ । त्यसैले जसले आफूभित्र रहेको नकारात्मक चीजलाई त्याग्छ भने त्यो सेवा कार्यमा पास मानिन्छ । तेस्रो हो सिमरण, सिमरण प्रणाम हो शान्तिको, सिमरण प्रणाम हो सुकूनको । यसरी उहाँले सत्संग, सेवा, सिमरणको महत्वमाथि प्रकाश पार्नु भएको थियौं ।

गुरुको मिशन भनेको नै यदि हामी बीच कुनै ईष्र्या–नफरत छ भने त्यसलाई प्रेममा परिवर्तन गर्नु, यही निरंकारी मिशनको सिद्धान्त हो । यदि हामी सबैसंग प्रेम, नम्रताको वातावरणलाई जन्म दिन्छौ भने त्यस घरबाट सुकून कहिल्यै जाँदै, त्यो घर स्वर्गको जस्तै हुन जान्छ । यही कार्य आज निरंकारी मिशनले गरिरहेको छ । यो नै गुरुको ज्ञान हो । हरेक गुरुले ज्ञान दिएर नारीलाई देवी बनाउनु भयो । यदि घरमा गएर कली बन्छ भने त्यो घरमा हानि हुने छ । त्यसैले भगवानले देवी बनाएको छ भने देवी बनेर रहनु छ । त्यस्तै सबै पुरुषलाई राम बनाएको छ, यदि घरमा रावण बन्ने छौ भने घरमा हानि नै हुने छ । त्यसैले हामीलाई हिड्दा–डुल्दा तिर्थ बनएको छ । यस कुरालाई सम्झन्छौ भने ज्ञानको आरम्भ यहाँबाट नै हुने गर्दछ । सत्गुरुलाई मान्छौ तर सत्गुरुको कुरालाई मान्दैनौ भने हामी सन्त कहलाउन सक्दैनौ । राम राज्यमा यही थियो कि एकले भन्यो, अर्कोले मान्यो । त्यसको पूर्ण रुपमा पालन गरयो । त्यसैले त्यस समय राम राज्यको स्थापना हुन गएको उहाँले बताउनु भयो ।


जुन दिन हामीलाई आफ्नो छोराको व्यवहार राम्रो लाग्ने छ भने त्यो घरमा सुकून आउने छ । भनिएको छ कि गुरसिखको अपमान नै गुरुको अपमान हो । गुरुले हामीलाई रोज्नु भएको छ र हामीले गुरुलाई रोजेका छौ भने यदि कसैले गुरसिखको ह्दयलाई दुःखाउँछ भने त्यसले गुरुको ह्दयलाई दुःखाउने छ । गुरुको प्रेम हामी सबैलाई चहान्छ, गुरुको प्रेम न चहाने विरलै होलान् । प्रेम पाउनु छ भने हरेक गुरसिखको सम्मान गर, प्रेम पहिले आफ्नो घरबाट गर । जुन दिन घर परिवारका सदस्यहरु प्यारा लाग्ने थाल्ने छन् थाह पाउनु होस त्यस दिनदेखि गुरुको ज्ञान समझमा आयो । हाम्रो सत्संग आउनु सफल भयो । यसरी उहाँले गुरु र घर परिवारको सम्बन्धलाई निकै सरल तरीकाबाट प्रकाश पार्नु भएको थियो ।

सुर्खेतको विभिन्न ठाउँबाट आएर भवन खचाखच भरिएको थियो जसमा सन्त–महात्माहरुले भजन वा प्रवचनको माध्यबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए । बिमला, नबिना, सिर्जना, मिना, कर्ण, प्रेम–तेज, सुशिलाले भजनको माध्यमबाट आफ्नो भाव राखेका थिए भने सन्त निरंकारी मण्डल नेपालका सुर्खेत जिल्ला इंचार्ज सहवीर थापा, सुस्मिता, सुरज, बीरेन्द्रनगर सत्संग भवनका मुखी लिलाराम घर्ती र बल बहादुरले प्रचनको माध्यमबाट आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संग कार्यक्रमको संचालन अमर सुनारले निकै सुन्दर तरीकाबाट गर्नु भएको थियो ।

बिज्ञापन