टीकापुर

टीकापुर ईलाका प्रशासन कार्यलयद्वारा घरमै गएर नागरिकता वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ५ बैशाख । टीकापुर ईलाका प्रशासन कार्यलयद्वारा घरमै गएर नागरिकता वितरण गरेको छ ।

कैलालीको लम्की चुहा न.पा. ७ मा बस्ने चक्र बहादुर बडुवालका छोरा राजेन्द्र बडुवाल विगत ५ वर्षदेखि हिड्डुल गर्न सक्दैनन् । उनलाई आफ्नो घरबाट टीकापुरमा आएर नागरिकता बनाउन समस्या भइरहेको थियो ।

बिज्ञापन

घरका सदस्यहरुले राजेन्द्र बडुवालको समस्या ईलाका प्रशासन कार्यलय टीकापुरमा राख्दा कार्यलय प्रमुखले उनलाई घरमै गएर नागरिकता दिने आश्वासन दिनुभयो ।


बैशाख ४ गतेका दिन कार्यलय प्रमुख भुमिश्वर पोख्रेल, शाखा अधिकृत सर्बनन्द चपाई र कार्यलय सहयोगी भरत खड्काको टोलीले बडुवालको घरमै गएर नेपाली नागरिकताको प्रमाण–पत्र दिएका छन् जसको सबैतिर प्रशंसा भइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।