टीकापुर

टीकापुर ईलाका प्रशासन कार्यलयद्वारा घरमै गएर नागरिकता वितरण

बिज्ञापन

टीकापुर, ५ बैशाख । टीकापुर ईलाका प्रशासन कार्यलयद्वारा घरमै गएर नागरिकता वितरण गरेको छ ।

बिज्ञापन

कैलालीको लम्की चुहा न.पा. ७ मा बस्ने चक्र बहादुर बडुवालका छोरा राजेन्द्र बडुवाल विगत ५ वर्षदेखि हिड्डुल गर्न सक्दैनन् । उनलाई आफ्नो घरबाट टीकापुरमा आएर नागरिकता बनाउन समस्या भइरहेको थियो ।

घरका सदस्यहरुले राजेन्द्र बडुवालको समस्या ईलाका प्रशासन कार्यलय टीकापुरमा राख्दा कार्यलय प्रमुखले उनलाई घरमै गएर नागरिकता दिने आश्वासन दिनुभयो ।


बैशाख ४ गतेका दिन कार्यलय प्रमुख भुमिश्वर पोख्रेल, शाखा अधिकृत सर्बनन्द चपाई र कार्यलय सहयोगी भरत खड्काको टोलीले बडुवालको घरमै गएर नेपाली नागरिकताको प्रमाण–पत्र दिएका छन् जसको सबैतिर प्रशंसा भइरहेको छ ।

बिज्ञापन