राजनीति

गृहमन्त्रीमाथि कारबाही गर्न जनताले भनिरहेका छन् : शेखर कोइराला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस भ्रष्टाचारको मुद्दामा कठोर भएर प्रस्तुत हुने बताएका छन्।

इलामको चुनावी सभालाई सम्बोधन गर्दै पुराना कुराहरूलाई आत्मसाथ गर्दै कुनै किसिमको भ्रष्टाचार र कुशासन हुन नदिने बताए।

बिज्ञापन

‘हामी यी विषयहरूमा कठोर निर्णय लिएर अगाडि बढ्दैछौं’ उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणको प्रसङ्गमा भने, ‘देशभरका जनताले बोलिरहेका छन्, सजाय दिनुस् भनेर। त्यही भएर हामीले संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुस् भनेका हौँ। छानबिन समिति नबनाएसम्म संसद् चल्न दिँदैनौँ।’

उनले भ्रष्टाचार र सुशासन अब कांग्रेसको अहम् मुद्दा बनाएको उल्लेख गर्दै कसैले रोक्न नसक्ने बताए।

उनले पहिचानको मुद्दा सबैभन्दा पहिला उठाउने पार्टी कांग्रेस भएकाले आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन आग्रह गरे।

उनले भने, ‘पहिचानको मुद्दालाई सबैभन्दा पहिला कांग्रेसले उठाएको हो। पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा कांग्रेस सधैं अगाडि छ। पहिचानवादी उम्मेदवारलाई पनि आग्रह गर्छु कांग्रेसलाई सघाएर पहिचानको मुद्दालाई अगाडि बढाउन मद्दत गर्नुस्। पहिचानको मुद्दा कांग्रेसको मुद्दा हो।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।