राजनीति

एमाले छाड्ने संकेत गरेका भीम रावलले नयाँ पार्टी खोल्दैछन् ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेको पार्टी नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेपछि आज नेता भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन राखे। रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा राखेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखे।

उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको दुखेसो गरे। पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब आफू गम्भीर मोडमा पुगेको सुनाए।

बिज्ञापन

उनले भने, ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ, गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ। मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ। एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु। अब त्यो घुम्तीमा पुग्दाखेरि हामी सबैलाई थाहा छ।’

सामान्य जीवनमा पनि मान्छे घुम्तीमा पुगेपछि एमाले छाड्ने संकेत गर्दै त्यो घुम्तीबाट मान्छे अर्को मोडमा जाने विश्लेषण सुनाए।

रावलले थपे, ‘कतै उहाँहरूले मलाई त्यो घुम्तीमा पुर्‍याएर अर्को मोडमा जाओस् भन्ने दुराशयका साथ यो काम गरिरहेको हो कि भन्ने महसुस गरेको छु। त्यस कारण अब म त्यो घुम्तीमा पुगेको छु भने भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि त्यो कुरामा आउनेछु।’

उनले आजै पार्टी छाडेको घोषणा नगरेपछि मोड कता लाग्छ भन्ने चाँडै बताउने बताए। उनले भने, ‘मैले आज एमाले छोड्ने घोषणा गरेको छैन। घुम्तीमा धकेलिएको छ, अब घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ म भन्छु भनेको छु।’

उनले एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत गतिविधि भएको जिकिर गर्दै जान नपाएको पीडा नसुनाएको बताए।

सम्मेलनमा उनलाई एमाले छाडेर नयाँ पार्टी खोलेर अघि बढ्ने सम्भावनाबारे पनि सोधेका थिए।

त्यसको जवाफ दिँदै उनले भने, ‘मैले विगतमा पनि राष्ट्रिय हितलाई सर्वोपरि राखेर हाम्रो राजनीति परराष्ट्रनीति, शासकीय स्वरूप, सुरक्षा, कृषि नीति लगायत हाम्रो राष्ट्रको हितलाई सर्वोपरि राखेर एउटा रूपरेखा कोर्न सकिन्छ भनेको छु। र, हाम्रो पार्टीको १० औँ महाधिवेशनको बेलामा मैले एउटा घोषण पत्र जारी गरेको थिएँ, त्यसमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ भनेर दूर दृष्टिकोण राखेको थिएँ, त्यसमा म अहिले पनि दृढ छु।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।