स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी सत्संग भवन धनगढीद्वारा शिवपुरीधामको सरसफाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, १५ बैशाख । सन्त निरंकारी सत्संग भवन धनगढीद्वारा शिवपुरीधामको सरसफाई गरिएको छ ।

‘प्रदुषण भित्र होस या बाहिर दुबै हानिकारक हुन्छ’ भन्ने निरंकारी बाबा हरदेव सिंह जी महाराजको वाणीलाई आत्मसात गर्र्दै सन्त निरंकारी सत्संग भवन धनगढीको सेवादल युनिट १९९७ का सेवादल लगायत स्थानीय सन्त–महापुरुषहरुले उत्साहका साथ गत फागुन २ गतेदेखि ८ गतेसम्म सञ्चालन भइरहेको महायज्ञको अवसर पारेर सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी तथा कैलाली जिल्लाको सदरमुकाम धनगढीमा रहेको पवित्र स्थल शिवपुरीधाम परिसरको पवित्र स्थलमा सरसफाई सम्पन्न गरेको छ ।

बिज्ञापन

महायज्ञ संचालन हुनु पूर्व त्यस ठाउँमा ट्वाईलेटमा फिनेल हालेर सबै ट्वईलेटको सरसफाई गरिएको थियो भने परिसरभित्र विभिन्न झारपात फैलिएर महायज्ञ गर्न असुविधा भइरहेको थियो, सन्तहरुले सबै झारपातलाई एक ठाउँमा बटुलेर परिसरको सरसफाई गरेका थिए । त्यस्तै पिउने पानी रहेको स्थललाई पनि सरसफाई गरिएको थियो ।

स्मरण रहोस कि सन्त निरंकारी मिशनले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्म दिनको अवसर पारेर २३ फेब्रुवरी अर्थात त्यसको अगाडि–पछाडि देश अनुसारको सुविधालाई ध्यानमा राख्दै विश्वभरि विभिन्न नदी–नाला, खानेपानी, सार्वजनिक स्थल आदिलाई सरसफाई गरेर मनाउने गर्दछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।