सुदूरपश्चिम प्रदेश

आज ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः आज (शुक्रबार) पाँच बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

यसका लागि सबै तयारी पुरा भइसकेको छ। मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठक आह्वान गर्न भन्दै यसअघि नै पत्र पठाइसकेका छन्। सोही आधारमा प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको थियो।

बिज्ञापन

५ बजे भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने एकीकृत समाजवादीका उप–नेता प्रकाश रावलले बताए। दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको छ। माओवादी केन्द्रले पनि ११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी छ।नेकपा एमालेले भने अहिलेसम्म यस्तो विषयमा कुनै निर्णय गरेको छैन्। मुख्यमन्त्रीमा विश्वासको मत दिने मोटामोटी तयारी भए पनि ठोस निर्णय भने हुनै बाँकी छ। मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिए पनि आजै सरकारमा सहभागि भइहाल्ने विषयमा एमाले मात्र नभएर माओवादी समेत ठोस निर्णयमा पुगेको छैन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।