सुदूरपश्चिम प्रदेश

दर्नाका २ छानामा आगलागी : १ लाख नगद सहित धनमाल जलेर नष्ट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा आगलागी हुँदा २ वटा छाना जलेर नष्ट भएका छन् ।

आईतवार दिउसो २ बजेको समयमा स्थानीय जङ्गलमा लागेको आगो छानामा सल्किदा वडा नम्बर ६ दर्नाको कँचालामा रहेका २ वटा छाना जलेर नष्ट भएका हुन् ।

बिज्ञापन

जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नरेन्द्रराज भट्टाका अनुसार स्थानीय जङ्गलमा लागेको आगो छानामा सल्किदा स्थानीय लाल बहादुर साउँदको नगद १ लाख सहित २ वटा छानामा रहेको अन्न र लुगा कपडा जलेर नष्ट भएका छन् ।

छानामा राखिएको १ लाख नगद सहित ७ कट्टा गहुँ,७ कट्टा जौ,२ कट्टा कोदो,१ कट्टा मकै र १ कट्टा तोरी र छानामा राखिएका लुगा कपडा जलेर नष्ट भएको बताइएको छ । घट्नामा अन्दाजी २ लाख बढीको क्षति भएको प्रहरी सहायक निरीक्षक भट्टको भनाई छ ।

घरमा कोही नभएको समयमा भएको आगलागीले पूर्ण रुपमा क्षति भइसके पश्चात् मात्रै उनीहरूले जानकारी पाएका थिए । पछिल्लो समय अछामका प्राय जसो वनजंगलमा जथाभाबी आगलागी हुँदा बिभिन्न घटनाको जोखिम बढी रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।