राष्ट्रिय समाचार

सन्ताउन्न जिल्लामा डेङ्गु सङ्क्रमण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, जेठ १२ गते । यो वर्ष मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गु रोगको सङ्व्रmमण ५७ जिल्लामा देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले ५७ जिल्लामा डेङ्गु सङ्क्रमित फेला परे पनि महामारीका रूपमा भने कुनै पनि जिल्लामा नदेखिएको जानकारी दिनुभयो ।

बिज्ञापन

यो वर्ष हालसम्म ५७ जिल्लामा ९०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको भन्दै उहाँले गर्मी मौसमसँगै पानी पर्न सुरु भएकाले तराईमा डेङ्गुको जोखिम बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गर्मी मौसममा डेङ्गुको सङ्व्रmमण बढ्छ । सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरसफाइमा ध्यान दिनु पर्छ ।”

निर्देशक डा. मरासिनीका अनुसार गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेङ्गु रोगको सङ्व्रmमण देखिएको थियो । उहाँले महाशाखाले डेङ्गुको जोखिम भएका जिल्लाको पहिचान गरेर लामखुट्टे मार्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार ३३ वटा स्थानीय तहलाई लामखुट्टे मार्न निर्देशन दिइएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु सङ्व्रmमण हुन्छ । 

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्छन् । निर्देशक डा. मरासिनीले लामखुट्टेबाट बच्नका लागि झुल टाँगेर मात्र सुत्ने, बच्चालाई पूरा बाहुला भएको कपडा लगाइदिने, बाहिर खेल्न नपठाउने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्दा डेङ्गुबाट बच्न सकिने बताउनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।