राष्ट्रिय समाचार

सूर्तीले नेपालमा वार्षिक ३९ हजारको मृत्यु 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, जेठ १८ गते। पछिल्लो समय सूर्तीजन्य प्रदार्थको सेवनले नसर्ने रोगको जोखिम बढ्र्दै गएको छ। नेपालमा कुल जनसंख्याको २८.९ प्रतिशतले सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथयांकले देखाएको छ। जसमा सबैभन्दा बढी पुरुष ४८.३, महिलाको संख्या ११.६ प्रतिशत रहेको छ। 

स्वास्थ्य प्रवर्द्धन तथा सूर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा ३९ हजार मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनको कारणले हुने बताउनुभयो। जुन कुल मृत्युको करिब १८ प्रतिशत हो। मृत्यु हुनेमा सबै भन्दा बढी मुटु सम्बन्धी रोगका कारण २८ प्रतिशत अर्थात् सात हजार ५९८ मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनले हुने गर्छ। 

बिज्ञापन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सूर्तीजन्य पदार्थको सेवन गर्नाले प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सूर्तीजन्य पदार्थको सेवन र १२ लाख चुरोटको धुँवाको असरका कारण मृत्यु हुने तथ्यांकले देखाएको छ। 

विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन सूर्तीजन्य पदार्थको सेवनले ७५ देखि ८० जना मानिसको मृत्यु हुने अनुमान गरेको छ। नेपालमा वार्षिक ३७ हजार मानिसको मृत्यु सूर्तीजन्य प्रदार्थको सेवनले हुने गर्छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।