सुदूरपश्चिम प्रदेश

बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्था गर्नुपर्छः सांसद कुँवर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सरकारले बजेट नदिँदा सो अस्पताल बन्द हुने अवस्थामा पुगेको सरकारले यही असार मसान्तभित्र बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो।

बिज्ञापन

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सांसद कुँवरले आम नागरिकलाई निःशुल्क उपचार गराईरहेको सो अस्पताको नौ करोड बजेट कटौति गर्ने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गरे। 

उनले सरकारले बाढी, पहिरो, आगलागिबाट हुने क्षतिका लागि राहतको व्यवस्था गर्न पनि ढिलाई गर्न नहुने बताए।

सांसद कुँवरले भने, ‘बयलपाटा हस्पिटल बन्द हुने अवस्थामा पुगेको छ। अछाममा निःशुुल्क उपचार गराईको सो अस्पतालमा सरकारले नौंकरोड बजेट नदिँदा त्यहाँ कर्मचारी तलव खान नपाउने अवस्थामा पुगेका छन्। त्यसकारण तत्काल सो अस्पतालमा असार मसान्त भित्र बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु।’

सांसद कुँवरले देशभरमा आगलागीबाट ठूलो क्षति भएपनि पीडितलाई राहत दिने कुरामा सरकारले ध्यान नदिएको गुनासो पनि गरे। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।