घटना

जंगली च्याउ खाँदा सिन्धुलीमा पाँच जना बिरामी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिन्धुली : सिन्धुलीको तीनपाटन गाउँपालिका-४ विस्टारमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्। 

विरामी हुनेहरूमा तीनपाटन गाउँपालिका-४ विस्टारका वर्ष ६७ का केशर बहादुर भुजेल, वर्ष ५३ का पूर्णमाया भुजेल, वर्ष ३८ का घनश्याम भुजेल, वर्ष २१ का किरण भुजेल र वर्ष २० की नानीमाया समाल रहेका छन्।

बिज्ञापन

बिहीबार विहान जंगली विषालु च्याउ पकाएर खाँदा परिवारका पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जनाकारी दिए।

च्याउ खाएकाहरूमा वाकवाकी लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिएको छ। विरामी पाँचै जनलाई प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचारका लागि लगिएको छ। 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।