कर्णालीको झोलुङ्गे पुलमा फसेका १० खच्चडको उद्धार, २ को मृत्यु
लोक कल्याणकारी विज्ञापन

सुर्खेत । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका १३ खच्चड मध्ये १० वटाको उद्धार छ भने २ वटाको मृत्यु भएको छ ।
आइतबार बिहान पुलको लट्ठा चुँडिएर अड्केका खच्चडको पुलको तार काटेर उद्धार गरिएको हो ।
बिज्ञापन

पुलको तार काटेर नदीमा खच्चड झार्दै उद्धार गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।
उद्धारका लागि धेरै समय लाग्ने हुँदा खच्चडलाई नदीमा खसालेर उद्धार गरिएको उपरीक्षक दाहालले बताए ।
उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीय खटिएका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
