विश्वकपमा आठौँ पटक भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदैछन् । समूह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे शुरु हुनेछ ।
यी दुई टोलीको खेललाई विश्वकपमा ठुलो प्रतिस्पर्धी खेलका रुपमा हेरिएको छ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ भने पाकिस्तान आयोजक अमेरिकासँग पराजित भएको छ । यी दुवै टोलीले आफ्नो दोस्रो खेल आज खेल्दै छन् ।

टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
