घटना

नुहाउन गएकी महिलाको सुनकोशीमा डुबेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिन्धुली : सुनकोसी नदीमा नुहाउन गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका -६ हैबारबेसीमा डेरा गरी बस्ने मुकाबहादुर हायुकी श्रीमती ३० वर्षीय चन्द्रकला हायु रहेकी छिन । 

सोमबार दिउँसो सुनकोसी नदीमा नुहाउन जाँदा हायुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गामा चिप्लिएर नदीमा वेपत्ता भएपछि खोजी गर्दा  सुनकोस नदीको बीच भागमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

बिज्ञापन

‘नुहाउने क्रममा चिप्लिएर नदीमा डुबेकी हायूको स्थानीय प्रहरी र आफन्तले खोजतलास गरी शव फेला परेको र पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ,’प्रहरी प्रमुख काफ्लेले भने।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हायुको स्थायी घर गोलन्जोर गाउँपालिका  ६ कै  मेवाबोट हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।