घटना

ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना : तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बुटवल : बुटवलमा जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

५ जना सवारमध्ये दुई जना घाइते भएका छन्। घाइतेमध्ये बुटवल ९ की चन्दा श्रेष्ठको अवस्था गम्भीर छ। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको र अर्की घाइते बुटवल- ११ की  लक्ष्मीता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पण्डितले बताए। उनको अवस्था मध्यम रहेको  छ।

बिज्ञापन

प्रहरीका अनुसार ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको हो। जीप करिब एक सय मिटर तल जीप खसेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।