इनारमा खसेर एक व्यक्तिको मृत्यु
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु भएको छ ।
बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्दै आएका भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको हो ।
बिज्ञापन

बिहीबार इनार सफा गर्ने क्रममा महत भित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरेको थियो ।
उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
