वेस्ट इन्डिजले पावर प्लेमा जोड्यो ९२ रन, टी-२० विश्वकपमा नयाँ कीर्तिमान
लोक कल्याणकारी विज्ञापन

काठमाडौं। वेस्ट इन्डिजले टी-२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान बनाएको छ। घरेलु मैदान ग्रोस इसलेटमा मंगलबार अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन जोडेको छ।
यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन। सुरुको ६ ओभरमा जोनसन चार्ल्सले १९ बलमा ३५ र निकोलस पुरानले १३ बलमा ३६ रन जोडेका थिए।
बिज्ञापन

पहिलो चरणको अन्तिम खेलमा भिडिरहेको वेस्ट इन्डिजले अफगानिस्तानलाई २ सय १९ रनको लक्ष्य दिएको छ। पुरानले ५३ बलमा ९८ रन जोडेर आउट भए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
