राष्ट्रिय समाचार

वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, असार ४ गते । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुगेको छ । गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत २०८० जेठमा ५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष भएर गएको विभागले जनाएको छ ।  

लोक कल्याणकारी विज्ञापन

विभागका अनुसार गएको जेठमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ५८४ जना (०.८० प्रतिशत) अर्धदक्ष भएर जाने सात हजार २६ जना (आठ प्रतिशत) र अदक्ष १४ हजार ६३१ जना (२० प्रतिशत) रहेका छन् । गत वर्षको जेठमा श्रम स्वीकृति लिएर गएका ५९ हजार ४९९ गएकोमा उच्च दक्ष र व्यावसायिक १६४ जना (०.२७ प्रतिशत), अर्धदक्ष चार हजार ९७१ (१० प्रतिशत) अदक्ष १२ हजार ४९७ (२७ प्रतिशत) रहेको थियो । 

लोक कल्याणकारी विज्ञापन

चालु आव २०८०/८१ को ११ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या छ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म रोजगारीका लागि छ लाख ८४ हजार ८६१ जनाले लिएका छन् । चालु आवको ११ महिनामध्ये सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । 

बिज्ञापन

पहिलो श्रम गन्तव्य युएई

जेठ महिनामा पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेटस् (युएई) बनेको छ । यस अवधिमा युएईमा २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । चालु आवको ११ महिनामा एक लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएर युएई पुगेका छन् । यस अवधिमा दोस्रो श्रम गन्तव्य साउदी अरब १३ हजार ३६६ जना, तेस्रो गन्तव्य कतार ११ हजार ९७३ जना गएका छन् । यस अवधिमा मलेसिया चौथो श्रम गन्तव्य आठ हजार ७५२ जनाले श्रम स्वीकृति लिएर गएका छन् । 

अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई चालु आवको वैशाख महिनाबाहेक सबै महिनामा पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा साउदी दोस्रो र कतार तेस्रो श्रम गन्तव्य बनेको छ । यस्तै यस अवधिमा चौथो श्रम गन्तव्य मलेसिया, दक्षिण कोरिया नेपालीको पाँचौँ श्रम गन्तव्य बनेको छ । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको ११ महिनासम्म युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य बन्न सफल भएको उहाँको भनाइ छ । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन