खेलकुद

टी-२० अलराउन्डरको विश्व वरियतामा दीपेन्द्र छैटौँ नम्बरमा पुगे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। नेपालका दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौँ नम्बरमा उक्लिएका छन् । उनी तीन स्थानमाथि पुगेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ताजा वरियतामा उनी अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर रजाभन्दा मात्र पछाडि छन् ।

बिज्ञापन

टी-२० बलरको विश्व वरियतामा सोमपाल कामी ९ स्थानमाथि उक्लिएर ९१ औँ र २७ स्थान माथि उक्लिएर दीपेन्द्र ९६ औँ स्थानमा छन्।

यस्तै ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्र ४६ औँ स्थानमा छन्। रोहित पौडेल ६ स्थान तल खस्केर ६१ औँ नम्बरमा पुगेका छन् भने आसिफ शेख २० स्थानमाथि उक्लिएर ६९ औँ नम्बरमा छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।