जलवायु

धनगढीमा ४६.४ डिग्री सेल्सियस तापक्रम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, असार ४ गते । धनगढी चोकमा भेटिने जोकोहीले यस पटकजस्तो गर्मी कहिल्यै भएन भनेर टीकाटिप्पणी गरेको सुनिन्छ । तापक्रम तीव्र गतिमा बढ्दा त्यस्तो कुरा गरेको सुनिएको हो । 

तर धनगढीमा गर्मीको रेकर्ड सन् १९९५ जुन १६ मै २९ वर्षकै सबैभन्दा बढी रहेको तथ्य फेला परेको छ । महाकाली बेसिन अत्तरियाका नायव मौसम विज्ञान सहायक प्रतिमा घिसिङका अनुसार सो दिन धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस पुगेको थियो । 

बिज्ञापन

यस पटक भने मे ३० मा सबैभन्दा बढी ४४.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । महाकाली बेसिनका प्रमुख सञ्जयकुमार साहका अनुसार जुन महिनाको १८ दिनमा चार दिन २, ३, ५ र ६ बाहेकका १४ दिनमा धनगढीको तापक्रम ४० डिग्रिसेल्सियस कटेको छ । 

यसैगरी मे महिनामा १४ दिन ४० डिग्री सेल्सियस तापक्रम कटेको थियो । मे महिनामा ५, ६, १५, १६, १७, १८, २४, २५, २७, २८, २९, ३०, ३१, ३२ तारिखमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो ।  

धनगढीमा यस पटक अप्रिल महिनादेखि गर्मी बढेको हो । महाकाली बेसिनका प्रमुख साहका अनुसार अप्रिल १९, २६ र २९ मा गरेर तीन दिन ४० डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

उहाँका अनुसार ३७ डिग्री पुगेपछि सामान्य, ४० मध्यम र ४२ डिग्रीलाई अत्यधिक गर्मी भन्ने गरिन्छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।