आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन टीकापुरमा योग साधना शिविर सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ८ असार । सन्त निरंकारी सत्संग भवन टीकापुरमा योग साधना शिविर सम्पन्न भएको छ ।

सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा आयोजित टीकापुर नगरपालिकाको प्राविधिक सहयोग तथा टीकापुर योगाश्रम टीकापुरको सहकार्यमा योग साधना शिविर सम्पन्न भएको छ ।

बिज्ञापन

योग प्रशिक्षक नर बहादुर कडायतले योगको विविध आसन सम्बन्धि जानकारी गराउँदै सहभागी सन्तहरुलाई त्यसलाई कसरी गर्न सकिन्छ भनेर शारीरिक रुपबाट पनि प्राक्टिकल गराउनु भएको थियो, जसको प्रत्यक्ष आनन्द लुट्न पाएकोमा सहभागीहरु निकै खुशी र उत्साहित देखिन्थे ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले आगन्तुक पाहुनाहरुलाई दोसल्ला ओढाएर स्वागत गर्नु भएको थियो भने सो अवसरमा टीकापुर भवनका मुखी महादेव भण्डारीको पनि उपस्थिति रहेको थियो । सन्त निरंकारी आदर्श विद्या मन्दिरका शिक्षक कान्ति प्रसाद ज्ञावालीले संचालन गर्नु भएको उक्त कार्यक्रममा टीकापुर नगरपालिकाका स्वास्थ कर्मीहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण पनि गरिएको थियो । विहानीपख कार्यक्रमको समयमा हुरी र पानी परेकोले धेरै सहभागीहरु आउन सकेनन् तरपनि कार्यक्रम निकै रोचक र ज्ञानवर्धक तरीकाबाट सम्पन्न भएको थियो ।

स्मरण रहोस सन्त निरंकारी मण्डलले योग दिवसको अवसरमा विरवभरि आफ्नो पायक पर्ने समय र दिनमा विविध कार्यक्रम गरि योग दिवस मनाएको छ । योग दिवसको आरम्भ सन् २०१४ सालदेखि निरन्तर मनाइदै आइएको छ । यस वर्ष १०औं योग दिवस मनाइदै छ जसको नारा ‘स्वयं र समाजको लागि योग’ भन्ने रहेको छ ।

भजनी, ८ असार । सन्त निरंकारी सत्संग भवन भजनीद्वारा विश्व योग साधना शिविर सम्पन्न भएको छ । उक्त अवसरमा सन्त निरंकारी सत्संग भवन भजनीले प्रशिक्षक पूर्ण प्रसाद जोशी, टंक प्रसाद जोशी र कविराज जोशीको संयुक्त पहलमा बिहान ५ बजेदेखि ७ बजेसम्म योगका विभिन्न आसनको जाकारी गराउनुको साथै त्यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा सन्तहरुलाई सहभागी गराई योग गरिएको सत्संग भवनका मुखी खेमराज काफ्लेले बताउनु भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।