खेलकुद

रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन सदस्यले क्यानाडियन फ्रेन्चाइज लिग खेल्ने भएका छन् ।

आगामी जुलाई २५ देखि क्यानडामा सुरू हुने ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने खेल्ने भएका हुन्।

बिज्ञापन

दीपेन्द्र र सन्दीप एउटै टिममा छन्। उनीहरू दुवैलाई भ्यानकुभर नाइट्सले अनुवन्ध गरको हो।

दीपेन्द्रले अघिल्लो संस्करणको लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। उनी आवद्ध टिमले  त्यतिबेला लिगको उपाधि समेत जितेको थियो।

सन्दीपले पनि मोन्ट्रियल टाइगर्स र टोरोन्टबाट उक्त लिग खेलिसकेका छन्।


दीपेन्द्र र सन्दीप रहेको टिममा पाकिस्तानका बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवानसमेत छन्। दक्षिण अफ्रिकाका डवेन प्रिटोरियस पनि सोही टिममा छन्।

कप्तान रोहित पौडेल टोरन्टो नेशनलमा अनुबन्धित भएका छन्। उनी पहिलोपटक देशबाहिरको फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

रोहित रहेको टिममा शाहिन अफ्रिदी, कोलिन म्युन्रो, रासी भ्यान देर दुशेन, साद बिन जाफर, निकोलश किर्टन, जुनेद सिद्धिकी लगायतका खेलाडी छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।