खेलकुद

कराँतेका साग पदक विजेता कसरी बने जोगी ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। सामाजिक सञ्जालमा अहिले एउटा फोटोले नेपाली खेलकुदकर्मी र खेल प्रेमीको ध्यान तानेको छ। पूर्व कराँते खेलाडी रवीन्द्र दाहाल जोगीको भेषमा हिँडिरहेको अवस्थामा अर्का खेलकर्मीले सँगै राखेर खिचेको तस्बिरले धेरैको ध्यान तानेको छ।

लोक कल्याणकारी विज्ञापन

प्रतिक्रिया दिनेहरूले नेपाली खेलकुदले पदक विजेता खेलाडीहरूलाई ध्यान दिन नसक्दा जोगी बनेर हिँड्नु परेकोसम्म लेखेका छन्। दाहाल तीनवटा दक्षिण एसियाली खेलकुद-सागका कांस्य पदक विजेता हुन्।

लोक कल्याणकारी विज्ञापन

उनले ८ औँ देखि १० औँ सागसम्म लगातार खेलेका थिए। यस्तै १६ औँ एसियाली खेलकुदमा पनि उनले प्रतिस्पर्धा गरेका थिए। जानकारहरूका अनुसार केही वर्षयता उनी साधु बनेर हिँडिरहेका छन्।

बिज्ञापन

उनकै समकालीन एक खेलाडी भन्छन्, ‘प्रहरीमा जागिर खान्थे। जुनियर अफिसर थिए भन्ने सुनेको थिएँ। पछि जागिर छाडेको र श्रीमतीसँग पनि सम्बन्ध विच्छेद भएको कुरा बाहिर आएको थियो।‘

उनलाई नजिकबाट चिनेका अर्का एक खेलाडीका अनुसार रवीन्द्र त्रिपुश्वेरस्थित दशरथ रंगशाला आसपासमा काम गर्दै पछि खेलाडी बनेका थिए। ‘उ धेरै पटक राष्ट्रिय च्याम्पियन पनि बनेको थिए’, ती खेलाडी भन्छन्।

प्रहरीमा सेवा प्रवेश गरेपछि उनी मदिराको लतले बिग्रिएको पनि बताइन्छ। उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै एक कर्मचारीसँग विवाह गरे पनि सम्बन्ध लामो समय टिक्न सकेको थिएन।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन