सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा नाउपाले फिर्ता बोलायो दुई मन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ ।

लोक कल्याणकारी विज्ञापन

संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए ।

लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री छन् । चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमिसुधारमन्त्री छन् ।

बिज्ञापन


दलका नेता घनश्याम चौधरीका अनुसार दुवैले दलको निर्णयविरुद्ध सरकारमा गएको भन्दै तत्काल फिर्ता हुनुपर्ने बताए ।

‘मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतको पक्षमा मतदान नगर्न निर्देशन ९ह्वीप० जारी गरिएकोमा सोको उल्लंघन गरी फ्लोर क्रस गरिएकोले हालको सुदूरपश्चिम प्रदेश सरकारबाट माननीयज्युलाई समर्थन फिर्ता लिन अनुरोध गर्दछु’, मन्त्रीलाई दलका नेता चौधरीले पठाएको पत्रमा लेखिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन