घटना

कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कालीकोट, असार २० गते । कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले बताएका छन् । 

आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार सुस्त मनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरिएको बताउनुभयो ।

बिज्ञापन

आरोपित माथि जर्वरजस्ती करणी महलमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।