राजनीति

एमाले-कांग्रेस सरकारमा नाउपा पनि सहभागी हुने, देउवासँग रेशमले गरे संवाद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । एमाले कांग्रेस सरकामा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । आज नाउपाका नेता रेशम चौधारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।

नाउपाका संघमा चार सांसद छन् । चौधरीले एमाले–कांग्रेसको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने उनले जानकारी दिए ।

बिज्ञापन

माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत दिएका थिए । सरकारमा सहभागी गराउने विषयमा भने ढिलाइ भएको थियो ।

केही दिन अघि मात्रै नाउपाको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट बहुमत सदस्यले हटाउँदै गङ्गा चौधरीलाई जिम्मेवारी दिएका थिए । नेता चौधरीले अब संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।