घटना

विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेका मजदुर वेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजविराज । नहर किनारमै रहेको विद्युतीय पोलमा काम गरिरहँदा अचानक चिप्लिएर नहरमा खसेर एक मजदुर वेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो ३ बजेतिर सप्तरीको महादेवा गाउँपालिका ३ बथनाहाका २२ वर्षिय मजदुर प्रदिप यादव यसरी वेपत्ता भएका हुन् ।

बिज्ञापन

उनी गाउँघरमा विद्युतको काम गर्दै आएका मजदुर (कामदार) हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार महादेवा गाउँपालिकास्थित कोशी पश्चिमी नहर किनारमा विद्युतीय पोलमा तार जडान गर्ने क्रममा अचानक चिप्लिएर उनी नहरमा खसेका थिए । नहरमा पानीको तिब्र प्रवाहले उनलाई बगाएको अनुमान गरिएको छ ।

नहरमा डुबेर वेपत्ता भएका उनको नेपाल र सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा खोजिकार्य गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको उनको भनाई छ । उनले खोजिकार्य शनिबार बिहान पनि जारि रहने बताए ।

स्थानीयले भने वेपत्ता यादवको खोजिकार्य तिब्र बनाउनुका साथै वर्षा भइरहेका बेला जोखिम युक्त स्थानमा काम लगाउने व्यक्ति वा निकाय ’bout छानबिन गरि दोषिमाथी कारवाहीको माग समेत गरेका छन् 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।