माहाकाली नदिमा अवागमन बन्द

महेन्द्रनगर । नेपालकै पश्चिमी नाकामा रहेको महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सिमामा रहेको महाकाली पुल शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार शनिबार साँझ महाकालीमा पानीको बहाव १ लाख २१ हजार क्युसेक पुगेको छ । महाकालीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिकै ठूला सवारी साधन आवागमनमा रोक लगाइने गरेको छ ।

उता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सनिवार राती पहाडी भेग र तराइ तिर भारी वर्षाको सम्भावना भएकाले नदी किनार र तटीय क्षेत्रका वासिन्दालाई सतर्क हुन आग्रह गरेको छ । प्रशासनले अत्यन्त जरुरी सूचना जारी गर्दै नदी किनार तथा तटीय क्षेत्रका वासिन्दालाई सतर्क भएर बस्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले कैलाली र कञ्चनपुरमा आज राति भारी वर्षा हुने जानकारी दिएको सूचनामा उल्लेख गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
